nic asia laghubitta bittiya sanstha

एनआईसी एशिया लघुवित्तको आइपीओमा दोश्रो दिनसम्ममा साढे २ गुणा बढी सेयर खरिद आवेदन परेको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा १ लाख ९८ हजार ८९८ जना आवेदकबाट १ अर्ब ११ करोड ७८ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ७८ हजार ७२० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

लघवित्तको आईपीओ असार १० देखि विक्री भैरहेका छ। आईपिओ निष्काशन बन्द असार १४ गते हुनेछ ।

कम्पनीले प्रति कित्ता रु १०० का दरले ४७,५५,००० कित्ता आईपीओ सेयर सर्वसाधारणबाट निश्कासन गर्नेछ । कम्पनीले निष्काशन गरिएको मध्ये ०।५५ अर्थात् ७४ ००० कित्ता कर्मचारीलाई, ५५ अर्थात २,३७,८०० कित्ता सामुहि लगानी कोषलाई सुरक्षित गरिएको छ भने बाँकी ४४,४३,२०० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ ।

Visa Travels