initial public offering - IPO

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आज देखि बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमै सबै सेयर खरिदको लागि आवेदन परेको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ५ बजेसम्ममा ७५ हजार आवेदकबाट ४४ करोड ५० लाख रुपैयाँ बराबरको ४४ लाख ५० हजार शेयर खरिदको लागि आवेदन परेको छ।

लघवित्तको आईमा आज देखि विक्री भैरहेका छ। आईपिओ निष्काशन बन्द असार १४ गते हुनेछ ।

कम्पनीले प्रति कित्ता रु १०० का दरले ४७,५५,००० कित्ता आईपीओ सेयर सर्वसाधारणबाट निश्कासन गर्नेछ । कम्पनीले निष्काशन गरिएको मध्ये ०।५५ अर्थात् ७४ ००० कित्ता कर्मचारीलाई, ५५ अर्थात २,३७,८०० कित्ता सामुहि लगानी कोषलाई सुरक्षित गरिएको छ भने बाँकी ४४,४३,२०० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ । सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म दरखास्त दिन पाउने छन् ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ ।

Visa Travels