साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ असार २१ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । निष्काशन बन्द छिटोमा २०७७ असार २४ गते हुनेछ । धितोपत्र बोर्डले संस्थालाई आइपीओ निष्काशन गर्न २०७७ अषाढ ०७ गते अनुमति प्रदान गरेको थियो ।
कम्पनीले ३२.५०% अर्थात् ७,०७,८०० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले ०.५०% अर्थात् १०,८९० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् ३५,३९० कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६,६१,५२० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ ।
आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।
आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ । यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।