साधना लघुवित्तलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

ipo of sadhana laghubitta

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई ७ कारोड ७८ लाख बराबरको आइपीओ निष्काशन गर्न २०७७ अषाढ ०७ गते अनुमति प्रदान गरेको छ ।

कम्पनीले ३२.५०% अर्थात् ७,०७,८०० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँ दरले सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here