Special General Meeting

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ असार २० गते शनिवारका दिन विशेष साधारणसभा आह्वान गरेका छन् । सभाले प्राप्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन निर्णय गर्नेछ ।

मिर्मिरे लघुवित्तले काठमाण्डौको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो १ बजे विशेष साधारणसभा आह्वान गरेको हो भने नागबेलीले झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा विशेष साधारणसभा आह्वान गरेको हो ।

विशेष साधारणसभा मिर्मिरेले नागबेलीलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने बताइएको छ । नागबेली लघुवित्तको १०० कित्ता सेयर बराबर मिर्मिरे लघुवित्तको ९५ कित्ता सेयर प्रदान गर्ने (१००ः९५) लाई स्वीकृति प्रदान गर्ने भएको छ ।

यस्तै, डिडिए रिपोर्ट स्वीकृत गर्ने, प्राप्तिको प्रक्रियामा भएका विभिन्न कामकारबाही, खर्च तथा विभिन्न निर्णयहरुलाई स्वीकृत गर्ने, नागबेली प्राप्तिपछि पूँजी संरचनामा हुने परिवर्तन लगायत संस्थाको अधिकृत पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोअनुसारको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संसोधन र परिमार्जन समेत गर्ने लगायतका प्रस्ताव समेत विशेष साधारणसभामा पेश हुने बताइएको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि मिर्मिरे लघुवित्तले असार १० गतेदेखि २० गतेसम्म बुक क्लोज रहनेछ ।

नागबेलीले पनि विशेष साधारणसभामा मिर्मिरेमा बिलय हुने विशेष प्रस्ताव पेश हुने बताएको छ । डिडिए रिपोर्ट अनुमोदन, प्राप्ति प्रक्रियाका अन्य विषय अनुमोदन लगायतका प्रस्तावमा समेत आवश्यक निर्णय हुने बताइएको छ ।

नागबेलीले पनि असार १० देखि २० गतेसम्म बुक क्लोज रहनेछ ।

Visa Travels