एनआईसी एशिया लघुवित्तको आइपीओमा आज अन्तिम दिनसम्ममा कति पर्यो आबेदन ?

nic asia laghubitta bittiya sanstha

एनआईसी एशिया लघुवित्तको आइपीओमा आज अन्तिम दिनसम्ममा ५.१६ गुणा बढी सेयर खरिद आवेदन परेको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा ४ लाख १२ हजार ३३२  आवेदकबाट २ करोड २९ लाख ६८ हजार ८७० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो संख्या केही बढ्न सक्ने छ किनकी कतिपय बैंकबाट सम्पूर्ण विवरण नआइसकेको हुन सक्छ ।

लघवित्तको आईपीओ असार १० देखि आज १४ गते सम्म निष्काशन गरेको थियो ।

कम्पनीले प्रति कित्ता रु १०० का दरले ४७,५५,००० कित्ता आईपीओ सेयर सर्वसाधारणबाट निश्कासन गर्नेछ । कम्पनीले निष्काशन गरिएको मध्ये ०।५५ अर्थात् ७४ ००० कित्ता कर्मचारीलाई, ५५ अर्थात २,३७,८०० कित्ता सामुहि लगानी कोषलाई सुरक्षित गरिएको छ भने बाँकी ४४,४३,२०० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here