initial public offering - IPO

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि २०७७ असार १० देखि आईपिओ सेयर निष्काशन गर्ने भएको छ ।  आईपिओ निष्काशन बन्द छिटोमा असार १४ गते हुनेछ ।

कम्पनीले प्रति कित्ता रु १०० का दरले ४७,५५,००० कित्ता आईपीओ सेयर सर्वसाधारणबाट निश्कासन गर्नेछ । कम्पनीले निष्काशन गरिएको मध्ये ०.५% अर्थात् ७४ ००० कित्ता कर्मचारीलाई, ५% अर्थात २,३७,८०० कित्ता सामुहि लगानी कोषलाई सुरक्षित गरिएको छ भने बाँकी ४४,४३,२०० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ ।

सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता सम्म दरखास्त दिन पाउने छन् ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ । यस लघुवित्त वित्तीय संस्थाले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Visa Travels