एनएमवि बैंकको विशेष साधारणसभा आह्वान – कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

nmb bank

काठमाण्डौ । एनएमवि बैंक लिमिटेडले २०७७ असार २१ गते, कृष्णटावर, नयाँ बानेश्वर, काठमाडौंमा विशेष साधारणसभा आह्वान गरेका छन् । सभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन निर्णय गर्नेछ ।

विशेष साधारणसभा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने बताइएको छ । कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर बराबर एनएमवि बैंकको ८५ कित्ता सेयर प्रदान गर्ने (१००ः८५) लाई स्वीकृति प्रदान गर्ने भएको छ ।

यस्तै, डिडिए रिपोर्ट स्वीकृत गर्ने, प्राप्तिको प्रक्रियामा भएका विभिन्न कामकारबाही, खर्च तथा विभिन्न निर्णयहरुलाई स्वीकृत गर्ने, प्राप्तिपछि पूँजी संरचनामा हुने परिवर्तन लगायत संस्थाको अधिकृत पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोअनुसारको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संसोधन र परिमार्जन समेत गर्ने लगायतका प्रस्ताव समेत विशेष साधारणसभामा पेश हुने बताइएको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि एनएमवि बैंकको असार १२ गते बुक क्लोज रहेको छ ।

हाल यस बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोड रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here