prudential insurance

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थगित गरिएको हकप्रद सेयर निष्काशन पुनः खुला गरेको छ । पुनः निष्काशन २०७७ असार ०७ देखि असार १९ सम्म हुने भएको छ ।

यस अघि २०७६ फागुन १८ देखि चैत्र २३ गते सम्म निष्काशन गरिएको थियो । कारोना भाइरसको संक्रमण फैलिँदै गए पछि सरकारले घोषणा गरेको लकडाउनको कारण निष्काशन स्थगित गरिएको थियो ।

इन्स्योरेन्सले ६०% अर्थात् ३८,४९,१२० कित्ता हकप्रद सेयर रु १०० का दरले निष्काशन गरेको हो।
कम्पनीको २०७६ माग २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछ । बुक क्लोज २०७६ माग २७ गते रहेको थियो ।

योग्य सेयरधनीहरुले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् ।

एनएमवि क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धको रुपमा नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६४ करोड १५ लाख रहेको छ ।

Visa Travels