merger & acquisition

समता लघुवित्त र घरेलु लघुवित्त वीच मर्जर सम्झौता भएको छ ।

जितपुरसिमरामा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लि. र काभ्रेपलाञ्चोक, बनेपामा रजिष्टर्ड कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लि. वीच आज विहान ११ः०० बजे काठमाडौंमा सैद्धान्तिक समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।

मर्जर सम्पन्न नभए सम्म समता लघुवित्तको सेयर कारोबार आजैदेखि  रोक्का रहनेछ ।

हाल समता लघुवित्तको चुक्तापुँजीमा १९.११ करोड रहेको छ भने घरेलु लघुवित्तको चुक्तापुँजी ७.०३ करोड रहेको छ ।

Visa Travels