बोनस सेयर पारित गर्न सप्तकोशी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान

annual general meeting

सप्तकोशी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनकिो १२ औं वार्षिक साधारणभा २०७७ असार २१ गते, उद्योग संगठन मोरङ, तिनपैनी विराटनगरमा विहान १०ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापुँजी ७८ करोड ७१ लाखको ६% अर्थात् ४ करोड ७२ लाख बोनस सेयर पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण तर्फबाट ३ जना सञ्चालको निर्वाचन गर्नेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ७८ करोड ७१ लाख रहेको छ । सभा प्रयोजनको लागि २०७६ चैत्र १७ गते बुक क्लोज रहेको थियो ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here