बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सुचिकृत भएको छ । प्राइम बैंक र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर सुचिकृत भएको हो । सेयरधनीको खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
प्राइम कमर्सियल बैंकको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता सेयर सुचिकृत भएको छ । यो कैलाश विकास बैकलाई प्राप्ति गर्दा आएको सयर हो ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ११ लाख ३१ हजार ६ सय ६२।५० कित्ता बोनस सेयर सुचिकृत भएको छ । यो कम्पनीले वितरण गरेको ७५% बोनस सेयर हो ।