शिखर इन्स्योरेन्सको हकप्रद सेयरको विक्री खुला

shikhar insurance

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०% हकप्रद सेयर आज २०७७ असार १४ बाट बिक्री खुल्ला भएको छ । निष्काशन बन्द भने २०७७ श्रावन ०४ गते हुनेछ । लकडाउनले गर्दा चैत्र १३ मा जारी हुनुपर्ने हकप्रद सेयरको निष्काशन स्थगित गरेको थियो ।

कम्पनीले १०ः०३ अर्थात् ३,१७१,९३२ कित्ता हकप्रद सेयर रु १०० का दरले निष्काशन खुल्ला गरेको छ  ।

निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेड रहेको छ ।

काम्पनीको चुक्तापुँजी हकप्रद निष्काशन पश्चात १ अर्ब ३७ करोड पुग्नेछ । २०७६ फागुन १२ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवदेन गर्न सक्नेछ । २०७६ फागुन १३ गते बुक क्लोज रहेको थियो ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here