tinau mission Development Bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको वार्षिक साधारणभा २०७७ असार २५ गते, सिद्धार्थ कटेज रेष्ट्ररेन्ट, बुटवल, रुपन्देहीमा बिहान ११ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापुँजी १ अर्ब १४ करोड ४१ लाखको १२% अर्थात १३ करोड ७३ लाख बोनस सेयर पारित गर्नेछ ।

बोनस सेयर जारी पश्चात कायम हुने चुक्तापँजीको ३ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गर्नेछ ।

साविक मिसन डेभलपमेन्ट बैंक लिमिटेड र सावकि नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी र कर कार्यालयमा हिसाब फाछर्यौट परी पान नंं. दर्ता खारेजी गर्न संचालक समितिलार्य अख्तियारी दिने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

संस्थापक सेयरधनीहरुतर्फबाट ४  जना र साधारण समुहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।

हाल कायम चुक्तापँजी १ अर्ब १४ कराड रहेको छ ।

Visa Travels