वोमी लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको ८ औं वार्षिक साधारणभा २०७७ असार १९ गते, बनेपा नगरपालिका–१४, काभ्रे स्थित कम्पनीको केन्द्रिय कार्यालयमा विहान ११ः३० बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापुँजी १० करोड १० लाख को २५% बोनस सेयर र १.३१६% नगद लाभांश पारित गर्ने छ ।
यस बैंक अन्य कुनै उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने कार्यको लागि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ ।
संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालको निर्वाचन गर्नेछ ।
हाल यस कम्पनीको चुक्तापुँजी २५ करोड २५ लाख रहेको छ । सभा प्रयोजनको लागि २०७६ फागुन ३० गते बुक क्लोज रहेको थियो ।