अजोड इन्स्योरेन्सले अषाढ २५ देखि आईपीओ निष्काशन गर्ने

ipo of ajod insurance

अजोड इन्स्योरेन्सले ३० करोड बराबरको आईपीओ २०७७ अषाढ २५ देखि निष्काशन गर्ने भएको छ । निष्काशन बन्द छिटोमा अषाढ २९ गते हुनेछ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडलाई आइपीओ निष्काशन गर्न २०७७ अषाढ ०७ गते अनुमति प्रदान गरेको छ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणबाट निष्काशन गर्नेछ । कुल निष्काशित सेयर मध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता समुहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी रहेको २७,३०,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको छ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । सि– आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवदेन दिनसक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ । यस आइपीओलाई कियर रेटिङ्ग नेपालले ग्रेड ४ प्रदान गरेको छ जो औसत भन्दा तलको ग्रेड हो ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here