बीमा समितिले सबै जिवन बीमा कम्पनीहरुलाई नयाँ निर्देशन जारी गरेको छ । जारी गरेको निर्देशनमा ब्याक डेटको (Back Date) मितिमा बीमा पोलिसी जारी गर्दा अधिकतम एक आर्थिक वर्ष मात्रै गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै समर्पण मुल्य तथा बीमालेख धितोमा ऋण प्रवाह गर्दा बीमालेख जारी भएको दुई वर्ष पूरा भएपछि मात्र प्रवाह गर्न बीमा समितिले निर्देशन दिएको छ ।
बीमा समितिले एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक बर्ष पुरा भए पछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न गराउन निर्देशन दिएको छ ।