साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मुख्य कार्यालय जमल काठमाडौमा साँझ ५ बजे आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको छ ।
यस आईपीओमा ४ लाख ५८ हजार ६ सय ४३ आवेदकले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। कुल निष्काशित आईपीओ अनुसार १७.०२ गुणा बढी आवेदन गरेको छ ।
भाग्यमानी ६६ हजार १ सय ५२ जना आवेदकले मात्र गोलाप्रथाबाट आईपीओ सेयर पाउने छ भने आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् ।
कम्पनीले २०७७ असार २१ गते देखि असार २४ गते सम्म आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले ३२।५०% अर्थात् ७,०७,८०० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले ०।५०% अर्थात् १०,८९० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् ३५,३९० कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६,६१,५२० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको हो।
आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ । यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।