साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज साँझ ५ बजे बाँडफाँड सम्पन्न भएको छ ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार रितपुर्वक दरखास्त दिने ४ लाख ४७ हजार ८४९ आवेदक मध्ये भाग्यमानी ६६ हजार १ सय ५२ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ सेयर पाए भने बाँकी सबै आवेदक खाली खात भएका छन् ।

यस आईपीओमा ४ लाख ५८ हजार ६ सय ४३ आवेदकले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयर खरिदको लागि आवेदन दिएको थियो ।

कम्पनीले २०७७ असार २१ गते देखि असार २४ गते सम्म आईपीओ निष्काशन गरेको थियो ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ ।

Visa Travels