ipo of ajod insurance

खुस लामा

अजोड इन्स्योरेन्सले २०७७ असार २५ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । निष्काशन बन्द २०७७ आसर २९ गते हुने कम्पनीले जनाएको छ ।

कुल निष्काशित सेयर संख्या ३०,००,००० कित्ता माध्ये ४% अर्थात् १२०,००० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको २७,३०,००० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ ।

कम्पनी परिचयः

अजोड इन्स्योरेन्स लिमिटेड बीमा समितिबाट इजाजतपत्र प्राप्त निर्जीवन वीमा कम्पनी हो । २०६४ साल चैत्र २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । २०७५ साल सषाढ १५ गते वीमा समितिबाट स्वीकृति प्राप्त गरी २०७५ अषाढ २१ देखि निर्जीवन बीमा सम्बन्धि कारोबार गर्दै अइरहेको छ ।

भाटभटेनी सुपर मार्केट, सेन्चुरी कमर्शियल बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल लगायत अन्य कम्पनीहरुको प्रमुख लगानी रहेको छ ।

त्यसैगरी कम्पनीको संस्थापकहरुमा बैंकिङ्ग÷वित्तीय÷बीमा, जलविद्युत, पर्यटन, सरकारी, गैरसरकारी, शैक्षिक, कृषि उद्योग तथा ब्यापार एवं ब्यबस्थापन क्षेत्रमा लामो समय देखि दख्खल भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

केन्द्रिय कार्यालय

यस कम्पनीको केन्द्रिय कार्यालय, काठमाडौं महानगरपालिका– ११, सिटिसि मल, सुन्धारा, काठमाडौंमा रहेको छ ।

कार्यक्षेत्र र शाखाः

यस कम्पनीले विभिन्न २६ जिल्लामा ३८ वटा शाखा कार्यालयहरुबाट निर्जीवन वीमा सेवा प्रदान गर्दै आएको छ ।

आईपीओबाट प्राप्त पुँजीको उपयोग

वीमा ऐन तथा अन्य प्रचलित कानुनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनको लागि उपयोग गर्नेछ । साथै वीमा समितिले जारी गरेको लगानी नीतिअनुसार विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीले जानएको छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा जारी मुद्दतीनिक्षेप – २५,००,००,०००, नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र तथा बचतपत्र – ४,५०,००,०००, शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिबृद्धि – ५०,००,०००

पुनर्वीमा व्यवस्थापन

जोखिम न्यूनिकरण गर्न यस कम्पनीले विभिन्न कम्पनीसँग पुनर्वीमा व्यवस्थापन गरेको छ । पुनर्वीमाले गर्दा विमक र वमित सुरक्षित हुन्छ ।

पूँजी संरचना

अधिकृत पुँजी : १ अर्ब
जारी पुँजी : १ अर्ब
चुक्तापुँजी : ७० करोड

संस्थापक सेयर (७०%) : ७० करोड
सर्वसाधारण सेयर (३०) :३० करोड

आधारभूत सेयरधनीहरु तथा संस्थापकको जानकारी

संस्थागत लगानीकर्ताहरु

भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि.– अध्यक्षः मिन बहादुर गुरुङ्ग
सेन्चुरी कमर्शियल बैंक
हाथवे इन्भेष्टमेन्ट नेपाल लि. – अध्यक्षः हेमराज ढकाल
क्यालिबर इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.– अध्यक्षः जयन्द्र श्रेष्ठ
रोडसो इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. – अध्यक्षः कालु गुरुङ्ग
माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रा.लि. – संचालकः सागर गुरुङ्ग
बृहत इन्भेष्टमेन्ट्स प्रा.लि. – अध्यक्षः ओम राजभण्डारी

व्यक्तिगत लगानीकर्ताहरु

मीन बहादुर गुरुङ्ग – भाटभटेनी सुपरमार्केट
अम्बिका पौडेल – हाथवे इन्भेष्टमेन्ट
आजाद श्रेष्ठ – अध्यक्ष अजोड इन्स्योरेन्स, जया कन्फेक्सनरी, सुजल फुड, पूर्व संचालक माछापुच्छ्रे बैंक

त्यसैगरि किरण के.सी., जुली चाचान, सुदर्शन नारायण जोशी, कैलास चन्द्र गोयल, महेन्द्र कुमार गोयल, सुशीला गोयल, राम काजी गुरुङ्ग (कोने), एवराज भट्टराई, रोशन के.सी., सुनिल श्रेष्ठ, सन्दीप खेतान, गणेश बहादुर श्रेष्ठ, विकेश प्रधानाङ्ग, प्रिथि तिवारी, कामना गुरुङ, कल्याण गुरुङ रहेका छन् ।

संचालक समिति

यस कम्पनीको  संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट ४ जना, सर्वसाधारण समुहबाट २ जना र स्वतन्त्र संचालक १ रहनेछ ।

आजाद श्रेष्ठ यस कम्पनीको स्थापनाकाल देखि नै अध्यक्ष पदमा कार्यरत छन् ।

व्यवस्थापकः

कुमार बहादुर खत्री (प्रमुख कार्याकारी अधिकृत)

उनीसँग निर्जीवन बीमा कम्पनीको १५ वर्षभन्दा धेरै कार्य अनुभव छ। एन.वि.इन्स्योरेन्स कम्पनी लि. हाल आई.एम.इ. जनरल इन्स्योरेन्स लि.मा नायव प्रवन्धकको पदमा २ वर्ष र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. मा नायव महाप्रबन्धकको पदमा १३ वर्षको अनुभव छ ।

सुरेन्द्र थापा (नायव प्रमुख कार्यकारी अधिकृत)

अनिल कुमार अर्याल (सहायक महाप्रबन्ध)

महेश राज खरेल (सहायक महाप्रब्रबन्धक)

वित्तीय विवरण

वासलात

कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म पुँजी बृद्धि नगर्ने लक्ष्य रहेको छ । त्यसैले आगामी दिनमा बोनस सेयर तथा हकप्रद सेयर भन्दा पनि नगद लाभांशमा जोड हुन सक्छ । जगेडा कोष साथै वीमा कोषमा रकम बृद्धि गर्दै लक्ष्य राखेको छ ।

नाफा नोक्सा हिसाव

कम्पनीले खुद नाफा सुरुको वर्षमा घटेपनि पछिल्लो आर्थिक वर्षहरुमा कम्पनीले नाफा कमाउन सफल रहेको छ । २०७६ चैत्रसम्म कम्पनीले ३ करोड ३१ लख नाफा कमाएको थियो । आगामी दिनमा पनि नाफा बृद्धी गर्दै जाने लक्ष्य राखेको छ । वीमा कम्पनीहरुको मुख्य आम्दानी नाफ शुल्क बृद्धि गरी हाल रहेको बजार हिस्सा बढाउने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०७५/७६ अनुसार कम्पनीको प्रतिसेयर आम्दानी रु ५.८९ रहेको छ भने प्रति सेयर नेटवर्थ रु ९७ रहेको छ ।

कति सेयर पर्छ ?

हालै जारी गरेको एनआइसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० आवेदन परेको छ । यसैलाई आधार मान्ने हो भने
अजोड इन्स्योरेन्सको आईपीओमा आवेदन गर्ने ३५ प्रतिशत बढी आवेदक खाली हात हुने सम्भावना छ ।
सेयर बाँडफाँड नियमवलि अुनसार सबै आवेदकलाई १० कित्ता सेयर वितरण गर्न नपुग्ने हुँदा गोलाप्रथा मार्फत २,७३,००० जना आवदेकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँड गरिनेछ ।

त्यसैले १० कित्ताको लागि मात्र आवेदन दिन ठीक हुनेछ ।

आईपीओ सुचिकरण रेन्ज

पहिलो करोबारको लागि अजोड इन्स्योरेन्सको लिस्टिङ रेन्ज रु ९७ – २९१ वीचमा हुनेछ ।

नोटः आवदेन दिन आफैले थप अनुसन्धान गर्नुहोला

Visa Travels