साधना लघुवित्तले आज २०७७ असार २१ गते देखि आईपीओ निष्काशन खुल्ला भएको छ । निष्काशन बन्द २०७७ आसर २४ गते हुने कम्पनीले जनाएको छ ।
कुल निष्काशित सेयर संख्या ७,०७,८०० कित्ता माध्ये ०.५०% अर्थात् १०,८९० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् ३५,३९० कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६,६१,५२० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ ।
कम्पनी परिचयः
साधना लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था हो । २०७४ साल जेष्ठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । २०७४ साल कार्तिक १३ गते नेपाल राष्ट्रि बैंकबाट इजाजतपत्र प्राप्त गरी कार्तिक २२ देखि करोबार गर्दै आएको संस्था हो ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. र साग्रिला डेभलपमेन्ट बैंक यस संस्थाको मुख्य संस्थागत संस्थापक सेयरधनी रहेको छ ।
कार्यक्षेत्र र शाखाः
यो राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो । विभिन्न २२ जिल्लामा ६० वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
केन्द्रिय कार्यालय
संस्थाको केन्द्रिय कार्यालय गोरखा जिल्ला, गोरखा नगरपलिका, वडा नं. ६, हरमटारीमा रहेको छ ।
आईपीओबाट प्राप्त पुँजीको उपयोग
आईपीओबाट प्राप्त पुँजीको उपयोग
पूँजी संरचना
अधिकृत पुँजी : ३० करोड
जारी पुँजी : २१ करोड ७७ लाख ८० हजार
चुक्तापुँजी : १४ करोड ७० लाख
संस्थापक सेयर (६७.५%) : १४ करोड ७० लाख
सर्वसाधारण सेयर (३२.५%): ७ करोड ७ लाख ८० हजार
संस्थापक सेयरधनीहरुको जानकारी
संचालक समिति
यस लघुवित्त संस्थाको संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट जना, सर्वसाधारण समुहबाट २ जना र स्वतन्त्र संचालक १ रहनेछ ।
कृष्ण बहादुर थापा यस संस्थामा स्थापनाकाल देखि नै अध्यक्ष पदमा कार्यरत छन् ।
व्यवस्थापकः
रेशम न्यौपाने यस संस्थाको प्रमुख कार्याकारी अधिकृतको रुपमा कार्यरत छन् । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा लामो कार्यानुभाव छ ।
वित्तीय विवरण
वासलात
कम्पनीले चुक्तापँजी बृद्धि गर्दै जाने लक्ष्य राखेको छ । त्यसैले आगामी आ.व.मा सेयरधनीहरुले बोनस सेयर र हकप्रद सेयर पाउने छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा ५१ करोड ८४ लाख रहेको छ । कम्पनीले आईपीओ जारी पश्चात कायम चुक्तापुँजी २१ कारोड ७७ लाख ८० हजारको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव २०७६ षौष १२ गते सम्म तेश्रो साधारणसभाले पारित गरिसकेको छ । अन्य उपयुक्त वित्तिय सस्थासँग गाभ्ने वा गाभिने कार्य समेत हुन सक्छ ।
नाफा नोक्सा हिसाव
कम्पनीले खुद नाफा बृद्धै गर्दे आएको छ । आ.व. २०७५/७६मा कम्पनीले १ करोड ८२ लाख आर्जन गरको छ । २०७६ चैत्रसम्ममा संस्थाले १ करोड ९० लाख नाफा कमाएको छ । कम्पनीले खुब ब्याज आम्दानी संगै संचालन मुनाफा पनि बृद्धै गर्दे आएको छ । आगामी दिनमा पनि बृद्दी गर्दै जाने लक्ष्य राखेको छ ।
आ.व. २०७५/७६ अनुसार कम्पनीको प्रति सेयर आम्दानी रु २४.८९ रहेको छ भने नेटवर्थ रु १३०.१२ रहेको छ ।
कति सेयर पर्छ ?
यस लघुवित्तले निष्काशले गरेको सेयर संख्या थोरै भएकोले सबै आवदकले सेयर पाउने एकदमै कम सम्भावना छ । विगतमा जारी गरेको आईपीओमा करिव ४ लाख आवेदन परेको छ । यसैलाई आधार मान्ने हो भने साधना लघुवित्तमा आवेदन गर्ने ८० प्रतिशत बढी आवेदक खाली हात हुने सम्भावना छ ।
सेयर बाँडफाँड नियमवलि अुनसार सबै आवेदकलाई १० कित्ता सेयर वितरण गर्न नपुग्ने हुँदा गोलाप्रथा मार्फत ६६,१५२ जना आवदेकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँड गरिनेछ ।
त्यसैले १० कित्ताको लागि मात्र आवेदन दिन ठीक हुनेछ ।
आईपीओ सुचिकरण रेन्ज
पहिलो करोबारको लागि यस लघुवित्तको लिस्टिङ रेन्ज रु १३०.१२ – ३९०.३६ वीचमा हुनेछ ।
नोटः आवदेन दिन आफैले थप अनुसन्धान गर्नुहोला