अजोड इन्स्योरेन्स लिमिटेडले जारी गरेको आईपीओमा आज तेस्रो दिनमा ५.४० गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।
बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आज पाँज बजेसम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता बढी सेयर खरिदको लागि आवेदन दिएका छन्।
अजोड इन्स्योरेन्सले आज अषाढ २५ देखि अषाढ २९ गते सम्म निष्काशन गरिएको छ ।
कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँ दरले सर्वसाधारणबाट निष्काशन गरेको छ । कुल निष्काशित सेयर मध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता समुहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी रहेको २७,३०,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको छ ।
आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । सि– आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।
आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ ।