ipo of ajod insurance

अजोड इन्स्योरेन्स लिमिटेडले जारी गरेको आईपीओमा आज तेस्रो दिनमा ६.६२ गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।

बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आज पाँज बजेसम्ममा ४  लाख ९८ हजार आवेदकबाट १ करोड ८० लाख ५८ हजार ९३० कित्ता बढी सेयर खरिदको लागि आवेदन दिएका छन्। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओमा ६.६२ गुणा बढी हुन आउछ।

अजोड इन्स्योरेन्सले आज अषाढ २५ देखि अषाढ २९ गते सम्म निष्काशन गरिएको छ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँ दरले सर्वसाधारणबाट निष्काशन गरेको छ । कुल निष्काशित सेयर मध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता समुहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी रहेको २७,३०,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको छ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । सि– आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ ।

Visa Travels