ipo of sadhana laghubitta

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको आईपीओमा आज अन्तिम दिन सम्ममा १७.०२ गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४  लाख ५८  हजार ६  सय ४३ आवेदकले १ करोड १२ लाख ५९ हजार ८  सय ५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। जस मध्ये जस मध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ  ।

भाग्यमानी ६६ हजार १ सय ५२ जना आवेदकले मात्र गोलाप्रथाबाट आईपीओ सेयर पाउने छ भने आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् ।

अजोड इन्स्योरेन्सले अषाढ २५ देखि आईपीओ निष्काशन गर्ने

कम्पनीले २०७७ असार २१ गते देखि असार २४ गते सम्म आईपीओ निष्काशन गरेको थियो । 

कम्पनीले ३२.५०% अर्थात् ७,०७,८०० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले ०.५०% अर्थात् १०,८९० कित्ता सेयर कर्मचारीलाई र ५%अर्थात् ३५,३९० कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६,६१,५२० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको हो।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ । यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।

Visa Travels