लक्ष्मी उन्नति कोषको इकाईमा आवेदन दिने समय थपियो

mutual funds

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “लक्ष्मी उन्नति कोष” को इकाईमा आवदेन दिन समय थप भएको छ । २०७७ श्रावण ११ देखि १४ सम्मा जारी गर्दा सबै इकाई विक्री नभए पछि समय थप गरेको हो । अब कम्पनी तथा संस्थापक लगानीकर्ता र सर्वसाधारणहरुले श्रावण २५ गते सम्म आवेदन दिन सक्नेछन् ।

लक्ष्मी उन्नति कोषको प्रति इकाई रु १० रुपैयाका दरले ८ करोड इकाई मध्ये १५५ अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई र वाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले न्युनतम १०० इकाई देखि अधिकतम ८० लाख इकाई सम्म आवदन दिन सक्नेछन् ।

विक्री प्रवन्धक रुपमको लक्ष्मी क्यापिटल मार्केक लिमिटेड रहेको छ ।

कोष प्रबद्र्धक लक्ष्मी बैंक लिमिटेड रहेको भने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केक लिमिटेड रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here