नविल बैंकले सुरु गर्यो ‘डिजि बैंक’ ग्राहकको सबै काम घरबाटै हुने

नविल बैंक लिमिटेडले ३६औं बार्षिकोत्सवको अवसरमा नयाँ सेवा नविल डिजि बैंक सुरु गरेको छ । ’डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने छ, बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो डिजिटल, त्यही भएर हामी डिजिटलमा जान थालेका छौं’ भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने ।नबिल बैंकको ‘डिजी बैंक’ को नारा ‘लाइफ अब ढुक्क’ भन्ने राखिएको छ।

३६ बर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको र अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने डिजिटल बैंकिङ गरेको हो।

बैंकिङले डीजी बैंकिङलाई अगाडि बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ। पत्रकार सम्मेलनमा हुवावे नेपालका प्रमुख डेनी देङले नबिलसँगको साझेदारीले नेपाली ग्राहकलाई डीजी बैंकिङ पुर्याउन काम गर्ने बताए।

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा बिनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ। यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने जनाएको छ ।

ग्राहकले पाउने डेबिट क्रेडिट कार्ड पनि डिजिटलको माध्यमबाटै पाउने बताए । उनले ग्राहकमा डिजिटल सम्बन्धि सचेतना दिने खालका कार्यक्रम पनि गर्दै जाने योजना रहको बताए ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here