तिनाउ मिसन डेभलपमेन्ट बैंकको खुद नाफा ३८२.८९ प्रतिशतले बृद्धि

tinau mission Development Bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

बैंकले यस त्रैमासमा १९ करोड ६८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड ०७ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३८२.८९ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले १६ अर्ब ०५ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३३ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्व ६० करोड निक्षेप संकलन गरेर ८ अर्ब ८१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ६५ करोड ३० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २१ करोड ७९ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा २८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ४५ करोड रहेको थियो ।

यस विकास बैंकको वितरण योग्य नाफा ११ करोड २९ लाख रहेको छ ।

यस बैंक नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकसँग मर्ज भए पछि सबै सुचक सकारात्मक भएको हो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २९ करोड ४२ लाख रहेको छ । कम्पनीको संचित नाफा १२ करोड ०३ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.५३% छ भने गत बर्ष ०.३४% रहेको थियो । कोषको लागत ७.२५% र कर्जा निक्षेप अनुपात ६८.७६ रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १०.८५ रहेको छ भने नेटवर्थ १२२।८६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १६.१२ गुणा रेहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here