एनआईसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड आईतबार हुने भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलमा आज भएको प्रि–बाँडफाँड अनुसार ३९७,७४१ योग्य आवदेकले मात्र सेयर पाउने भएको छ । आवदेन दिएका १६,४३९ आवेदक भने खाली हात हुने भएको छ । भाग्यमानी ४६ हजार ५७९ आवेदकले भने गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ता शेयर पाउनेछन्।
लघवित्तको आईपीओ असार १० देखि आज १४ गते सम्म निष्काशन गरेको थियो ।
कम्पनीले प्रति कित्ता रु १०० का दरले ४७,५५,००० कित्ता आईपीओ सेयर सर्वसाधारणबाट निश्कासन गर्नेछ । कम्पनीले निष्काशन गरिएको मध्ये ०।५५ अर्थात् ७४ ००० कित्ता कर्मचारीलाई, ५५ अर्थात २,३७,८०० कित्ता सामुहि लगानी कोषलाई सुरक्षित गरिएको छ भने बाँकी ४४,४३,२०० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ ।