एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार कित्ता सेयर श्रावण २२ देखि लिलाममा

auction share

एनएलजी इन्स्योरेन्सको अवितरित १ लाख ६१ हजार कित्ता हकप्रद सेयर २०७७ श्रावण २२ गतेदेखि लिलाम मार्फत बिक्री गर्ने भएको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन श्रावण २९ गते रहेको छ ।

कम्पनीको बिक्री नभएको संस्थापक तर्फको ८१,२२४.७५ कित्ता र सर्वसाधारण समुह तर्फको ७९८५३.२५ कित्ता हकप्रद सेयर लिलाममा ल्याएको हो ।

आवेदन फारम रु १०० तिरेर लक्ष्मी क्याटिल मार्केट लिमिटेड, एनएलजी इन्स्योरेन्सको केन्द्रिय कार्यालय र लक्ष्मी बैंकका शाखा कार्यलयहरुमा पाइनेछ ।

आवेदकले सेयर खरिदको लागि बोलपत्र पेशगर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य रु १०० तोकिएकोहुँदा रु १०० वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको नाममा लक्ष्मी बैंक लिमिटेडमा रहेको खाता नंः ००५३४०११२६६ मा जम्मा पर्नुपर्ने छ ।

निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here