लघुवित्त संस्थाहरुलाई पनि फोर्स मर्जर गराउने नीतिराष्ट्रबैंक

merger & acquisition

नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमा पनि फोर्स मर्जर गराउने नीति लिएको छ । आज एक सर्कुलर जारी गरी क्रसहोल्डिङ रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई फोर्स मर्जर जान निर्देशन दिएको छ ।

‘एउटै व्यक्ति र समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्वरनियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिन निर्देशन दिइनेछ ।’ सर्कुलरमा भनिएको छ ।

मर्जर तथा एक्वीजिसनमा जाने लघुवित्तहरुलाई यसअघि प्रदान गरिँदै आएको सुविधाहरु निरन्तर गर्दै केही बुँदा समेत थप गरिएका छन् ।

एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमा भित्र ल्याउन समय थप गर्ने,

तोकिएको पुँजी कोष अनुपात पुर्याउनुपर्ने समय पनि थप गरिने, संस्थाका सञ्चालक,

प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागू नहुने सुविधा थप गरिएको छ ।

ईजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोवार सञ्चालन गरेमा थप सहुलियत प्रदान गर्ने केन्द्रीय बैंकले घोषणा गरेको छ । ती सहुलियतहरु निम्नानुसार छन्स्

२०७९ असार मसान्तसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने,

वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस ९नगद वा बोनस० वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०७९ असार मसान्त सम्मको लागि छुट प्रदान गर्ने ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here