लघुवित्त संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न अब नेपाल राष्ट्र बैंकले स्वीकृति नदिने भएको छ । मर्जर तथा प्राप्तिलाई जोड दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई यस बैंकबाट हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान नगर्ने भएको छ ।

वगतमा पुँजीकोष पर्याप्तता अनुपात नपुगेको कारणले यस बैंकबाट माग गरिएको पुँजीयोजना अनुसार पुँजीकोष पर्याप्तता अनुपात कायम गर्ने प्रयोजनका लागि call in advance मा रकम जम्मा गरेका लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो call in advance रकमलाई चुक्ता पुँजीमा गणना गरी पुँजीकोष पर्याप्तता अनुपात कायम गर्न सक्ने गरी स्वीकृति प्रदान गर्न सकिनेछ । यस बैंकको स्वीकृति नलिई call in advance शीर्षकमा रकम जम्मा गर्न पाइने छैन ।

लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा÷कार्यालय खोल्न यस बैंकको पूर्व स्वीकृति लिनुपर्ने छैन ।

तर, काठमाडौं उपत्यका, महानगरपालिका र उप महानगरपालिकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा खोल्न यस बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।

Visa Travels