initial public offering - IPO

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले श्रावण १६ गते देखि आईपीओ सेयर निष्काशन गर्ने भएको छ ।निष्काशन बन्द श्रावण २१ गते हुने भएको छ ।

कम्पनीले ३०% अर्थात् ३,३९८,०४६ कित्ता आईपिओ सेयर १०० रुपैयाँका दरले सर्वसाधारण जारी गर्न लागेको हो ।

कम्पनीले २% अर्थात् ६७,९६१ कित्ता कर्मचारीलाई र ५% अर्थात् १६९,९०२ कित्ता सेयर समुहि लगानी कोषलाई सुरक्षित गरिएका छ । बाँकी रहेको ३१,६०,१८३ कित्ता सेयर भने सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३१,६०,१८० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड पुग्नेछ ।

Visa Travels