प्रुडेन्सियल इन्स्योरेन्सको बिक्री नभएको हकप्रद सेयर आजदेखि लिलाममा

prudential insurance

प्रुडेन्सियल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर आज २०७७ श्रावण १२ गतेदेखि लिलाम मार्फत बिक्री गर्दैछ । बोलपत्र पेश गर्ने अन्तिम दिन श्रावण १९ गते रहेको छ ।

कम्पनीले बिक्री नभएको सर्वसाधारण समुह तर्फको ५४,६३१ कित्ता हकप्रद सेयर लिलाममा ल्याएको हो ।

आवेदन फारम एनएमबि क्यापिटल तथा एनएमबि बैंकका शाखाहरुबाट रु १०० भुक्तानी गरी प्राप्त गर्न सकिनेछ ।

आवेदकले न्यूनतम १०० वा सो भन्दा बढी आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य रु १०० तोकिएकोहुँदा रु १०० वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम एनएमबि क्यापिटल लिमिटेडको नाममा एनएमबि बैंक लिमिटेडमा रहेको खाता नंं ००१०००५४०१००००८९, खाताको नाम मा जम्मा पर्नुपर्ने छ ।

निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here