रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६३ करोड बराबरकोको साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष अषाढ ९ गते आवेदन दिएको थियो ।

इन्स्योरेन्सले ६३,००,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ ।

सानिमा क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।

Visa Travels