रुरु जलविद्युतले प्रिमियममा आईपीओ जारी गर्न अनुमति माग

initial public offering - IPO

रुरु जलविद्युत परियोजना लिमिटेडले आईपीओ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष अषाढ २५ गते अनुमतिको लागि आवेदन दिएको छ ।

कम्पनीले रु १०० का दरले ८१५,४११ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% अर्थात् ४०७,७०५ कित्ता सेयर रु १०० का दरले आयोजना प्रभावित स्थानियलाई जारी गर्नेछ ।

त्यसैगरी दोश्रो चरणमा १०% अर्थात् ४०७,७०५ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गर्न अनुमति माग गरको छ । कम्पनीले थप २० रुपैया प्रिमियम सहित आईपीओ निष्काशनको गर्न लागेको हो ।

निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनएमवि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।

Like & Share on: