ipo of sadhana laghubitta

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको आईपीओमा तेस्रो दिन सम्ममा करिव १० गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा ३ लाख ६८ हजार ९ सय ९६ आवेदकले ९० लाख ८७ हजार ५ सय ४० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। बिक्रीमा ल्याएको शेयरको १३.७३ गुणा बढी हो।

अजोड इन्स्योरेन्सले अषाढ २५ देखि आईपीओ निष्काशन गर्ने

कम्पनीले २०७७ असार २१ गते देखि आईपीओ निष्काशन गरेको छ । आवेदन दिने भोलि असार २४ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले ३२.५०% अर्थात् ७,०७,८०० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले ०.५०% अर्थात् १०,८९० कित्ता सेयर कर्मचारीलाई र ५%अर्थात् ३५,३९० कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६,६१,५२० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ । यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।

Visa Travels