साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको आईपीओमा दोस्रो दिनमै करिव १० गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा २ लाख ५९ हजार १ सय ५ आवेदकले ६४ लाख ३२ हजार ४ सय कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्।
अजोड इन्स्योरेन्सले अषाढ २५ देखि आईपीओ निष्काशन गर्ने
कम्पनीले २०७७ असार २१ गते देखि आईपीओ निष्काशन गरेको छ भने निष्काशन बन्द छिटोमा २०७७ असार २४ गते हुनेछ ।
कम्पनीले ३२.५०% अर्थात् ७,०७,८०० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले ०.५०% अर्थात् १०,८९० कित्ता सेयर कर्मचारीलाई र ५%अर्थात् ३५,३९० कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६,६१,५२० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ ।
आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।
आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ । यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।