initial public offering - IPO

माउण्टेन इनर्जी नेपाल लिमिटेडले प्राथमिक निष्काशन (आईपीआ)े सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले २०७७ अषाढ २५ गते आईपीओ निष्काश अनुमति दिएको हो ।

कम्पनीले रु १०० का दरले ३,९३६,०५४ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलो चरणमा कम्पनीले जारी पुँजीको १०% अर्थात् १,९६८,०२७ कित्ता सेयर रु १०० का दरले आयोजना प्रभावित स्थानियलाई जारी गर्नेछ ।

त्यसैगरी दोस्रो चरणमा  १०% अर्थात् १,९६८,०२७ कित्ता सेयर रु १०० का दरले सर्वसाधरणलाई जारी गर्नेछ ।

निष्काशन तथा विक्री प्रवन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

Visa Travels