शिखर इन्स्योरेन्सको बिक्री नभएको हकप्रद सेयर श्रावण २१ गतेदेखि लिलाम मार्फत बिक्री गर्ने

shikhar insurance

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद सेयर २०७७ श्रावण २१ गतेदेखि लिलाम मार्फत बिक्री गर्ने भएको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन श्रावण २८ गते रहेको छ ।

कम्पनीले बिक्री नभएको सर्वसाधारण समुह तर्फको ८७,४१२.८ कित्ता हकप्रद सेयर लिलाममा ल्याएको हो ।

आवेदन फारम पाइने स्थानहरुः

आवेदकले सेयर खरिदको लागि बोलपत्र पेशगर्दा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य रु १०० तोकिएकोहुँदा रु १०० वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम एनआईबिएल एस क्यापिटल लिमिटेडको नाममा कुमारी बैंक लिमिटेडमा रहेको खाता नंः ००१०००६५७७००००११ मा जम्मा पर्नुपर्ने छ ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here