dividend to bank account

ङादी ग्रुप पावर लिमिटेड र यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ ।

ङादी ग्रुप पावरले १०% नगद लाभांश २०७७ असार १६ देखि बैंक खातामा पठाउन सुरु गरेको छ । यस बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

यूनाइटेड मोदी हाइड्रोपावरले ८.४२१% नगद लाभांश बैंक खातामा जम्मा गर्न सुरु गरिसकेको यदि केही सेयरधनीहरुको खातामा जम्मा नभएको वा बैंक खाताको विवरण नबुझाएको भए यथाशीघ्र यस कम्पनीको शेयर रजिष्ट्रार सिविआईएल क्यापिटल लिमिटेडमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको सेयरधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई साधारणसभाले पारित गरेको नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।

Visa Travels