स्वरोजगार लघुवित्तको विशेष साधारणसभा आह्वान – जनकपुर लघुवित्तलाई प्राप्ति पछि १००% हकप्रद

swarojgar laghubitta

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ । सभा २०७७ श्रावण १० गते सि. डब्ल्यु.रेष्र्टो एण्ड क्याफे काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभा मार्फत स्वारोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । दुवै संस्थाको समझदारीमा स्वारोजगार लघुवित्तको १०० कित्ता सेयर बराबर जनकपुर लघुवित्तको ७० कित्ता सेयर कायम हुने गरी गरिएको सेयर स्वाप अनुपातलाई अनुमोदन गर्ने भएको छ ।

प्राप्ति पछि वित्तीय संस्थाको नाम स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ ।

जनकपुर लघुवित्तलाई प्राप्ति पश्चात कायम चुक्तापुँजीको १ः१ हकप्रद सेयरजारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनको लागि श्रावण ५ गते बुक क्लोज रहेको छ ।

Like & Share on: