ajod insurance

अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ६ करोड २० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड ११ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ५०.८५ प्रतिशतले बढेको छ

यस अवधिमा कम्पनीले २७ करोड ७९ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १५ करोड ५१ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । पूनर्वीमा कमिशन आय १४ करोड ३९ लाख र लगानी तथा अन्य आय ३ करोड २४ आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ८ करोड ७२ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत २ करोड ८० लाख र व्यवस्थापन खर्च बापत १७ करोड ६२ लाख खर्च गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ७१ करोड ५० लाख रहेको छ भने जगेडा कोषमा ४ करोड ५४ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ६ करोड १६ लाख र महाविपत्ती जगेडामा ७० लाख रहेको छ।

कम्पनीको प्रति सेयर आम्दानी ८.६८ रहेको छ भने नेटवर्थ ११५.९७ रहेको छ ।

हालै यस कम्पनीले ३० कारोड बराबरको आईपीओ जारी गरेको र यस त्रैमासमा समायोजन नगरेकोले प्रति सेयर आम्दानी र नेटवर्थमा फरक पर्नेछ ।

Visa Travels