नेप्सेमा ४ कम्पनीको बोनस सेयर सुचिकृत

share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस र एक कम्पनीको सेयर सुचिकृत भएको छ । लगानीकर्ताहरुको खाता सेयर आए पछि कारोबार गर्न सक्नेछन् ।

निम्न कम्पनीहरुको सेयर सुचिकृत भएको छ ।

ग्लोबल आईएमई लघुवित्तको १७.५०% अर्थात् ३,८६,६०१.२५ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको १७.१०% अर्थात् ११,८४,४७२.५० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

प्रभु इन्स्योरेन्सको ५% अर्थात् ५,११,९८९ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसै गरी कुमारी बैंकको २,९६,५९,१९०.२८ कित्ता सेयर सुचिकृत भएको छ । यो देव विकास बैंकलाई प्राप्ति गर्दा आएको सेयर हो । कुमारी बैंकले देव विकास बैंकलाई १ः०.८६ को अनुपात प्राप्ति गरेको थियो ।

Like & Share on: