सिटिजन लाईफ इन्स्योरेन्सको आईपीओ निष्काशन प्रक्रिया अघि बढेको छ ।
कम्पनीले आईपीओ निष्काशनको लागी निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटलाई नियुक्त गरको छ ।
इन्स्योरेन्सले ७५ करोड बराबरको आईपीओ सेयर सर्वसाधारलाई निष्काशन गर्नेछ ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ कारोड रहेको छ । आईपीओ पछि पुँजी २ अर्ब ५० कारोड पुग्नेछ ।
आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासमा २० करोड ०७ लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी यस अवधिमा कम्पनीले १ अर्ब ९२ करोड खुद वीमाशुल्क आर्जन गरेको छ ।