nabil bank

नबिल बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा ३ अर्ब ५६ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ अर्ब २३ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १५.४८ प्रतिशतले घटेको छ ।

बैंकले १ खर्ब ९० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४८ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २७ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ७ अर्ब ०२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब १५ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ५ अर्ब ०९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ०२ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा ३ अर्ब ०४ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ०९ करोड रहेको छ भने जगेडा कोषमा १२ अर्ब ६६ करोड रहेको छ । कम्पनीको संचित नाफा ३ अर्ब ०४ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.९७% छ भने गत बर्ष ०.७४% रहेको थियो । कोषको लागत ५.४९% र कर्जा निक्षेप अनुपात ६८.०८% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३५.३२ रहेको छ भने गत वर्ष ४७.०४ रहेको थियो । नेटवर्थ २५५.५२ रहेको छ भने मुल्य आम्दानी अनुपात २१.६६ गुणा रहेको छ ।

Visa Travels