एभरेष्ट बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा २ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ अर्ब ०५ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १८.१४ प्रतिशतले घटेको छ ।
बैंकले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १२ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ०४ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ५ अर्ब ३१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ६९ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ५७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३५ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा १ अर्ब ६७ करोड रहेको छ ।
खुद व्याज आम्दानीमा घट्नुको साथै खराब कर्जा बृद्धि हुँदा नाफामा कमि आएको हो ।
हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५१ करोड रहेको छ भने जगेडा कोषमा ८ अर्ब १४ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ७१ करोड र २३ करोड ८४ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.२२% छ भने गत बर्ष ०.१६% रहेको थियो । कोषको लागत ६.११% र कर्जा निक्षेप अनुपात ६८.५७% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ३१.१५ रहेको छ भने गत वर्ष ३८.०५ रहेको थियो । नेटवर्थ २१९.८४ रहेको छ भने मुल्य आम्दानी अनुपात २१.६७ गुणा रहेको छ ।