ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा ३ अर्ब ०८ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब ७६ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ११.८१ प्रतिशतले बढेको छ ।
बैंकले २ खर्ब १२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ८९ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ०८ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ८ अर्ब १९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब २४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब ४० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९० करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा १ अर्ब ७३ करोड रहेको छ ।
बैंकको इम्पीरिमेन्ट चार्ज १ अर्ब ७४ करोड हुँदा पनि खुद नाफा भने समान्य बृद्धि भएको छ । जनता बैंकसँग मर्जभएपछि खुद नाफा बृद्धि देखिएको हो ।
हाल कम्पनीको चुक्तापुँजी १८ अर्ब ९७ करोड रहेको छ भने जगेडा कोषमा ८ अर्ब ४१ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ६१ करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात १.८०% छ भने गत बर्ष ०.५५% रहेको थियो । कोषको लागत ६.२१% र कर्जा निक्षेप अनुपात ७३.१८ रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १६.२७ रहेको छ भने गत वर्ष २६.७८ रहेको थियो । नेटवर्थ १५२.९२ रहेको छ भने मुल्य आम्दानी अनुपात १४.६९ गुणा रहेको छ ।