global ime laghubitta

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६ करोड ८१ लाख नाफा आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार खुद नाफा १४.३० प्रतिशतले बढेकोे छ ।

यस अवधिमा लघुवित्तले २ अर्ब ५७ करोड कर्जा सापटि र १ अर्ब ३१ करोड निक्षेप संकलन गरी ३ अर्ब ६२ करोड कर्जा विस्तार गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी २६ करोड २६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ३१ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा १२ करोड ३७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १० करोड २६ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २५ कराड ९५ लाख रहेको छ भने जगेडा कोषमा १६ करोड २० लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात बढेर १.९४ प्रतिशत छ भने गत बर्ष ०.४३ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३०.०३ रहेको छ भने नेटवर्थ १५५.५४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४३.९० गुणा रेहेको छ ।

Visa Travels