green development bank

ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

बैंकले यस त्रैमासमा २ करोड १३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड १७ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ८१.९९ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले १ अर्ब ३० करोड निक्षेप संकलन गरेर १ अर्ब १४ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्व निक्षेप संकलन गरेर ९७ करोड ३६ लाख कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ८ करोड १६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४२ लाख रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३ करोड ०४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ६७ करोड रहेको थियो ।

ब्याज आम्दानी सँगै खराव कर्जामा सुधार हुँदा नाफा उल्लेख्य बृद्धि भएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ५० करोड रहेको छ भने जगेडा कोषमा २ करोड ७६ लाख रहेको छ । कम्पनीको संचित नाफा ९६ लाख ५२ हजार र सेयर प्रिमियम ५० लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.८५% छ भने गत बर्ष ३.८१% रहेको थियो । कोषको लागत ७.९७% र कर्जा निक्षेप अनुपात ६६.९५% रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी रु ४ रहेको छ भने गत बर्ष रु २ रहेको थियो ।

Visa Travels