ipo of samaj laghubita

समाज लघुवित्तले जारी गरेको आईपीओ बाँडफाँड आज भएको छ । कुल ५ लाख ४७ हजार ३७० योग्य आवेदनलाई मात्र बाँडफाँडमा समावेस गरिएको छ । दोहोरो आवेदनको कारण ५५८ आवेदन रद्ध भएको छ ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार गोलाप्रथाबाट ८ हजार ७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ३९ हजार ३०० बढी आवेदक खाली हात भएका छन् । आईपीओ नतिजा केही समय पछि सिद्धार्थ क्यापिटलको वेवसाइट र मेरोसेयर मार्फत हुर्न सकिनेछ ।

कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये १,००० कित्ता कर्मचारीलाई र ४,३००, कित्ता समुहिक लगानी कोषलाई र बाँकी रहेको ८०,७०० कित्ता सर्वसाधारणलाई जारी गरेको थियो

आईपीओ जारी पछि कम्पनीको चुक्तापुँजी २ करोड पुग्नेछ ।

Visa Travels